‘प्रेमगीत ३ को ट्रेलर बज्दा गर्वले आँखा रसाउथे’- निरुता सिंह


नेपाली चलचित्र क्षेत्रमा आफुलाई अब्बल रुपमा स्थापित गर्न सफल अभिनेत्री हुन् , निरुता सिंह। आफ्नो समयमा एकछत्र राज गरेकी निरुता नेपालको पहिलो महिला स्टारको रुपमा समेत परिचित रहेकी छिन्। आफ्नो समयमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको रुपमा पनि उनले आफ्नो परिचय बनाएकी थिइन्। आजभोलि निरुता प्राय मुम्बईमा बस्दै आएकी छिन्। बेलाबखतमा नेपाल आउने क्रम उनको रहीरहन्छ। यतिबेला एक नेपाली चलचित्र मुम्बई पुगेको छ। ‘प्रेमगीत ३’ को हिन्दी भर्सन भारतभर एकसाथ रिलिज भएको छ।

neer

राम्रो स्क्रिन स्पेशका साथ रिलिज भएको चलचित्रले भारतमा स्पेशल शो राखेको थियो। उक्त शोमा अभिनेत्री निरुता सिंह पुगेकी थिइन्। चलचित्र हेरिसकेपछि निकै प्रफुल्लित देखिएकी निरुताले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरिन्। मुम्बई पुगेका नेपाली संचारकर्मीसंग निरुता खुलेर बोलिन्। उनि भन्छिन्, ‘हामी नेपालमा हलमा हिन्दी चलचित्रका ट्रेलर हेर्ने गर्थियौ। आज भारतमा नेपाली चलचित्र रिलिज भएको छ। अन्य चलचित्र हेर्न हलमा आउदा नेपाली चलचित्र ‘प्रेमगीत ३’ को ट्रेलर बज्दा गर्वले आँखा रसाउथे। अलिकति घमण्डी बन्दै साथीहरुलाई यो मेरो अनि मेरो देशको चलचित्र हो भनेर सुनाउथे। बाटोमा पोष्टर देख्दा प्रफुल्लित हुन्थे। आज यहि संगै बसेर चलचित्र हेरे। झन् गर्विलो महसुस भयो । ‘

प्रतिक्रिया दिनुहोस्