अवसर र चुनौती बोकेर असोज १४ मा ‘बाबरी’


पर्दामा झन्डै ४ बर्षपछी धिरज मगर र अदिति बुढाथोकी फर्कने तयारीमा रहेका छन्। ‘इन्टु मिण्टू लन्डनमा’ डेव्यु नायक धिरजको चलचित्र रिलिज अगाडी नै गज्जबको क्रेज रहेको थियो। चलचित्र रिलिजको समयमा पनि उनको क्रेज बबाल थियो। दर्शक र चलचित्रकर्मीको न्यानो स्वागत पनि उनले पाए। अदिति बुढाथोकी ‘कृ’ डेव्यु अभिनेत्री हुन्। सामाजिक संजालमा आफ्नो लोभलाग्दो उपस्थिति जनाएकी अदिति मुम्बईमा बसेर मोड्लिङ्गमा सक्रिय नाम हो ।


दुवै आफ्नो दोश्रो चलचित्र ‘बाबरी’ रिलिजको तयारीमा जुटेका छन्। असोज १४ गतेबाट रिलिज तयारीमा रहेको ‘बाबरी’ दुवैका लागी अवसर र चुनौती रहेको छ। दशैको अवसरमा रिलिज हुने तयारीमा रहेको चलचित्रको लागी दशैँ नै अवसर हो। दशैँमा दर्शक चलचित्रलाई प्रेम दर्शाउने गरेका छन् । सोहि अवसर बाबरीले सदुपयोग गर्ने देखिन्छ। चलचित्रका टिजर र गीतमा पाएको उत्कृष्ट प्रतिक्रिया र ट्रेलरको मिश्रित प्रतिक्रियाले पनि चलचित्र प्रति दर्शकको कौतुहलता रहेको नै छ।
तर अवसरको भीडमा चुनौती पनि संगै बाबरीलाई आएको छ। चर्चा विचमा रिलिज भएको चलचित्र ‘प्रेमगीत ३’ दवदवा अर्को हप्ता कस्तो रहने हो त्यो हेर्न बाँकि रहेको छ। त्यस्तै संगै रिलिज हुने तयारीमा रहेका दुई विदेशी चलचित्रको प्रभाव पनि चलचित्रलाई पर्ने देखिन्छ।
जे होस् अवसर र चुनौती बोकेर रिलिज तयारीमा रहेको चलचित्र ‘बाबरी’ हलमा कस्तो हुने हो त्यो भने असोज १४ गतेबाट नै थाह हुनेछ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज र अदितिको साथमा धिरज नाडकर, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई पुष्पलत्ता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्