‘प्रेमगीत ३’ ले कति कमायो ? , यस्तो छ आंकडा


बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ असोज ७ गतेबाट विश्वव्यापी रुपमा रिलिज भएको छ। नेपालमा नेपाली भाषा र अन्य देशमा हिन्दी भाषामा चलचित्र रिलिज भएको छ। नेपालमा चलचित्रले दुई दिनमा ४ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको आंकडा सार्वजनिक भएको छ। घरेलु बक्स अफिसमा नेपाली संस्करणले शुक्रबार २ करोड ५ लाख र शनिबार २ करोड २० लाख ग्रस कलेक्सन गरेको आँकडा निर्माण टिमले सार्वजनिक गरेको छ। सोमबारबाट घरेलु बक्स अफिसमा हिन्दी संस्करण रिलिज हुदैछ।

भारतमा चलचित्रको हिन्दी भर्सनले शुक्रबार १ करोड १२ लाख र शनिबार ८३ लाख भारु गरेर दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ। त्यस्तै ओभरसिजमा चलचित्रले दुइ दिनमा २ करोड ९० लाख भारु कमाएको छ। शुक्रबार १ करोड ६७ लाख र शनिबार १ करोड २३ लाख भारु कमाएको छ। यसरी समग्रमा चलचित्रले दुई दिनमा विश्वव्यापी रुपमा १४ करोड बराबरको कलेक्सन गरेको डाटा सार्वजनिक भएको छ। चलचित्रको आइतबारको कलेक्सन सार्वजनिक हुन बाँकि रहेको छ।

छेतेन गुरुङ्ग र सन्तोष शेन निर्देशित चलचित्रमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, माउत्से गुरुङ्ग, लक्ष्मी वर्देवा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्