ऋचा शर्माको ‘कौसीद’ पुष १५ मा रिलिज


अभिनेत्री ऋचा शर्माको नयाँ चलचित्र ‘कौसीद’ पुष १५ मा रिलिज हुने भएको छ। भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको अभिनय रहेको चलचित्रको प्रस्तुतकर्ता ऋचा हुन्।

केदार भुषाल निर्माता रहेको चलचित्रको रिलिज मिति हेरफेर गर्दै पुष १५ लाई पुर्याइएको हो। सोसल ड्रमा चलचित्रलाई कुमार भाष्करले निर्देशन गरेका छन्। नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले चलचित्रको कथा लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्