बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक


काठमाडौँ । गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । 

चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसंग ठुम्का लगाएकी छिन् । यस म्युजिक भिडियोमा कलाकार सुरवीर पण्डितलाई फरक गेटअपमा निर्देशक गम्भीरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुती दर्शकहरुले फरक स्वादको रुपमा लिन सक्नेछन् ।

बसन्ती राईको प्रस्तुतीमा बनेको म्युजिक भिडियो गम्भीरको निर्देशनसङै कोरियोग्राफीपनि रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथा कलर नबिन निरौलाको रहेको छ । बसन्तीको यो भन्दा अगाडी चर्चित गायक राजेश पायल राईसंग गाएको ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसङ मोडलिङ गरेको गीत ‘लाने भए लैजाऊ, ‘झुम्के बुलाकी’ लगायत धेरै गीतहरू सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्