‘नाइँ न भन्नु ल ६’ मा निखिल र संचिताका छोरा


अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेल दुवै नेपाली चलचित्र क्षेत्रका सफल कलाकार हुन्। दुवैले दर्शकका लागी धेरै सफल चलचित्र दिएका छन्। उनै निखिल र संचिताका छोरा अथर्व उप्रेती नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ। सफल सिरिज ‘नाई न भन्नु ल ‘ को छैटौ शृंखला ‘नाइँ न भन्नु ल ६’ बाट बाल कलाकारको रुपमा उनि डेव्यु गर्दैछन्। विकास राज आचार्यको निर्देशनमा तयार हुने चलचित्रमा आंचल शर्मा र आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेका छन्।

आशिर्वादको यो डेव्यु चलचित्र हो। उनै आशिर्वादको बाल्यकालको भूमिकामा अथर्व देखिन लागेका हुन्। चलचित्रको दोश्रो शृंखला देखि बाल कलाकारको रुपमा अनुभव रेग्मी देखिदै आएका थिए। उनि चलचित्रको बलियो मेरुदण्डको रुपमा समेत रहेका छन्।

अनुभवको बढ्दो उमेर र उचाइका कारण उनी चलचित्रमा बाल कलाकरको रुपमा देखिन असम्भव भएपछी विकासले बाल कलाकारको रुपमा अथर्वलाई लिएका हुन्। चलचित्रमा अनुभवको केमियो भूमिका रहने बुझिएको छ। विकास यहि विहिबार बाट चलचित्रको सुटिङ्ग सुरुवात गर्दैछन्। तिहारमा अथर्वको विदाको अवसर पारेर विकासले सुटिङ्ग सुरुवात गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्