A vertical shot of the black cat in the dark darkness

को हुन् सलोनकी प्रेमिका करिश्मा केसी?, यस्तो छ विवाहको तालिका


अभिनेता सलोन बस्नेतले नेपाली चलचित्र क्षेत्रमा धेरै सफल चलचित्रमा काम गरेका छन्। चलचित्र कै पारिवारिक ब्याक ग्राउण्डमा हुर्किएका सलोन बाल कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। उनै सलोन यतिबेला विवाहको तयारीमा जुटेका छन्। प्रेमिका करिश्मा केसीसंग मङ्सिर १२ गरे उनी विवाह बन्धनमा बाधीदैछन्। मङ्सिर १० गते संगीत र मेहेन्दी , मङ्सिर १२ गते विवाह र मङ्सिर १४ गते रिसेप्सन पार्टीको आयोजना गर्ने तयारीमा सलोन र करिश्मा रहेका छन्।

सलोन र करिश्मा प्रेममा रहेको केहि बर्ष भयो। रुम नम्बर १०८ बोलको गीतको क्रममा सलोन र करिश्माको भेट भएको थियो। त्यहि बाट मित्रता हुदै प्रेममा सलोन र करिश्मा परेका थिए । सोहि प्रेमलाई मङ्सिर १२ गते विवाहमा बदल्ने योजना यो जोडीले बुनेको हो।


करिश्मा पेसाले एयर होस्टेज हुन्। मोड्लिङ्गमा पनि रुचि राख्ने करिश्मा अन्तराष्ट्रिय उडानमा एयर होस्टेजको रुपमा काम गर्ने गर्दछिन्। थानकोट निवासी करिस्मा र सलोनलाइ वैवाहिक जीवनको शुभकामना।

प्रतिक्रिया दिनुहोस्