कास्कीको ल्वाङ गाउँमा ‘दुई नम्वरी, देखाइयो, स्थानियको यस्तो प्रतिक्रिया


चलचित्र ‘दुई नम्वरी’लाई ल्वाङ गाउँमा देखाइएको छ । यो चलचित्र कास्कीको सोही ल्वाङ गाउँमा खिचिएको हो । निर्देशक दिपेन्द्र लामा र निर्माता किरण नेपाली बिहिबार त्यहाँ पुगेर चलचित्र देखाएका हुन् ।

ल्वाङ गाउँका बासिन्दाले हल नभएका कारण चलचित्र हेर्न पाएका थिएनन् । ल्वाङ गाउँका २ सय भन्दा बढी स्थानीयलाई प्रोजेक्टरबाट चलचित्र देखाइयो । चलचित्रको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए । उनले भने-‘चलचित्र हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र चलचित्र देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण चलचित्रको छायांकन गर्न सहज भएको थियो ।’

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ अभिनित यो चलचित्रले २ सातामा ६ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको छ । केही दृश्य सम्पादन सहित दुई नम्बरी तेश्रो सातामा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्