करिश्मा मानन्धरको लक्ष्मीपूजा र रंगोली


सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कला र संस्कृति प्रेमी कलाकारको रुपमा परिचित छिन्। हरेक बर्ष दशैँ, तिहार, होली लगायतका पर्वलाई बिशेष महत्व दिएर करिश्माले मनाउने गर्छिन्।

अझ होलि पर्वमा त करिश्माको घरमा सेलिब्रेटीको जमघट निकै बाक्लो हुने गर्दछ । त्यस्तै लक्ष्मीपूजाको दिन निर्माण हुने रंगोली करिश्माको घरको आकर्षण नै हो।

रंगोली निर्माणमा करिश्मा बिशेष ध्यान दिने गर्दछिन्। यो बर्ष पनि उनले निकै आकर्षक रंगोली बनाएकी छिन्। उनले समाजिक संजालमा तस्विर पोष्ट गर्दै सवैलाई दिपावलीको शुभकामना दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्