फिल्म ’निरमाया’ को पोस्टर र टिजर सार्बजनिक

फिल्म ’निरमाया’ को पहिलो टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिनेछ भन्ने मूल भाव बोकेको फिल्मले नेपाली समाजमा विद्यमान छुवाछुतको मुद्दालाई उठाएको छ ।

मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्ममा अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति छ । सामाजिक फिल्म ’निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्ममा विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य छ ।

प्रतिक्रिया दिनुहोस्