‘महापुरुष’ लाई बिहानबाट दर्शकको साथ, तीन दिने विदाको कस्तो होला फाइदा?


‘जात्रा’ चलचित्र बाट निर्देशनमा डेव्यु गरेका प्रदिप भट्टराईका चलचित्र प्रति दर्शकको गज्जबको विस्वास रहेको छ। निर्देशन गरेका सवै चलचित्र हिट दिएका भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ आजबाट रिलिज भएको छ। कार्तिक ११ गते शुक्रबार बाट रिलिज भएको चलचित्रको प्रिमियरमा पाएको उत्कृष्ट प्रतिक्रिया र दर्शकको विश्वासले बिहानको शो बाट नै दर्शकको उच्च साथ पाइरहेको छ। बाबु-छोराको सम्बन्धको कथा बोल्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई विकेन्डको साथ मिलेको छ । शुक्रबार देखि आइतबारसम्म रहेको सार्वजनिक बिदाले पनि चलचित्रलाई थप फाइदा पुग्ने देखिन्छ। शुक्रबार तिहारको बिदा रहेको छ भने आइतबार छठको विदा रहेको छ। यसैको फाइदा चलचित्रलाई मिल्नेछ। पछिल्लो समय दर्शकले एकपछि अर्को चलचित्रलाई साथ दिईरहेका छन्। सामाजिक कथा बोकेका चलचित्र यसअगाडीका हप्तामा पनि राम्रो व्यापार गरिरहेका छन् । दर्शकले विस्वास गरेका निर्देशक र कलाकार र समिक्षकले रुचाएको महापुरुषलाइ वर्ड अफ माउथ राम्रो मिलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्