A vertical shot of the black cat in the dark darkness

‘महापुरुष’ को १ करोड हाराहारीको ओपनिङ्ग, दर्शकसंग हलमा हरिवंश र टिम


कार्तिक ११ गतेबाट रिलिज भएको चलचित्र ‘महापुरुष’ ले १ करोड बराबरको ओपनिङ्ग गरेको छ। शुक्रबार चलचित्र देशभरका अधिकांश हलमा हाउसफुल बनेको थियो। देशैभरबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको चलचित्रका दर्शक भेट्न हरिवंश आचार्य सहितको चलचित्रको टोलि काठमाण्डौका हल हलमा पुगिरहेको छ।

शुक्रबार हल दौडमा रहेको टोली शनिबार पनि दर्शकसंग भेट्न हलहलमा पुग्ने योजनामा रहेको छ। हरिवंश आइतबार अमेरिका उड्ने भएका कारण पनि आज निर्माण टिम उनीसंग हलमा घुम्ने योजनामा रहेको छ।

प्रदिप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्