A vertical shot of the black cat in the dark darkness

बिहेको ४ दिन अगाडी सलोनको ‘मिलन’


अभिनेता सलोन बस्नेतले आफ्नो अभिनयले दर्शक र चलचित्र निर्माताको मन जितिरहेका छन्। बालकलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका सलोन जीवनको नयाँ यात्रा सुरुवात गर्ने तयारीमा रहेका छन्। प्रेमिका करिश्मा केसीसंग उनि मङ्सिर १२ मा विवाह गर्ने तयारीमा जुटेका छन्।

लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका सलोन मुख्य भूमिकामा रहेको चलचित्र मङ्सिर ९ गते रिलिज हुने भएको छ। ‘मिलन’ चलचित्रले कार्तिकबाट आफ्नो रिलिज मितिलाई मङ्सिरमा पुर्याएको छ। टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रमा सलोनको साथमा कुशल शाह ठकुरी र शिल्पा थापा मुख्य भूमिकामा रहेका छन्। चलचित्रलाई प्रविन थापाले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्