A vertical shot of the black cat in the dark darkness

‘ओ साजन’ चलचित्र बन्ने, पर्दामा पल र कविताको जोडी


पिके फिल्म्सको व्यानरमा पल शाह र कविता रायको म्युजिक भिडियो निकै सफल रहेका छन्। ‘ओ साजन’ बोलको गीतमा पल र कविताको जोडीलाई दर्शकले निकै रुचाए। यसको दोश्रो भाग ‘ओ साजन २’ भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिक कार्यक्रम भव्य रुपमा राखियो। यहि जोडीलाई लिएर पिके फिल्म्सको व्यानरमा चलचित्र निर्माण हुने भएको छ। चलचित्रको औपचारीक घोषणा छुट्टै कार्यक्रम गर्ने भनेर निर्माण घोषणा गरियो। चलचित्रमा पल शाह र कविता राय मुख्य भूमिकामा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्