महेशसंगै हिड्ने अस्मिताको चाहाना


पछिल्लो पुस्ताकी सर्वाधिक सफल र रोजाइमा पर्ने गायिका हुन्, अस्मिता अधिकारी। नेपाल आइडल हुदै गायन यात्रा सुरुवात गरेकी अस्मिताले सयौ हिट गीतमा आफ्नो आवाज भरेकी छिन्। उनी अस्मिताको स्वरमा रहेको नयाँ गीत ‘ओत लाग्ने छाता’ रिलिज भएको छ। गीतमा महेश काफ्लेको शब्द तथा संगीत रहेको छ।

महेश अहिलेको समयमा आफुले सृजना गरेका गीत हिट बनाउने सर्जकको रुपमा परिचित रहेका छन्। गीतको भिडियोमा अस्मिता र महेश नै फिचर रहेका छन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्