गायक प्रकाश दुतराज लेख्छन, ‘माया गर्नेहरुको आशुले सराप्छ , कसरी मार्न सक्थे र यो शरीरलाई ।’


कार्तिक २१ गते सोमबार पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश दुताराजले आत्माहत्या प्रयासको खबरले तरङ्ग मच्चियो। अस्ट्रेलियामा कार्यक्रमका लागी पुगेका दुतराजले आफ्नै कोठामा आत्माहत्याको प्रयास गरेको र गायिका भूमिका गिरिले बचाएको खबर सार्वजनिक भयो। उक्त खबर सार्वजनिक भएपछि नेपाली संचारमाध्यममा तरङ्ग फैलिएको थियो। उनी दुताराजले सामाजिक संजाल मार्फत उक्त समाचारको खण्डन गरेका छन्। आफ्नो फेसबुकमा भावुक स्टाटस पोष्ट गर्दै , बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .
माया गर्नेहरु को आशुले सराप्छ ।’ उल्लेख गरेका छन्।

यस्तो छ दुतराजको स्टाटस, ‘

कहिले काहि हराई दिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै . .
कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् . .
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु . .
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।
“म केहि छिन हराउँनु म मर्नु हैन नि !
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .
माया गर्नेहरु को आशुले सराप्छ ।
कसरी मार्न सक्थे र यो शरीरलाई ।
गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।
संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार ,
प्रकाश दुतराज ।

प्रतिक्रिया दिनुहोस्