समिक्षा अधिकारी र कृष्ण विकको ‘रानी माया’


कृष्ण बिक आफ्नो पहिलो गीत मार्फत नै चर्चामा रहे। राजेश हमाल र निरुता सिंहलाई फिचर गरेर उनले गाको गीत ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ ले राम्रो सफलता हासिल गर्यो। उनै कृष्णले दोश्रो गीत सार्वजनिक गरेका छन् । ‘रानी माया’ बोलको गीतमा कृष्ण र समिक्षा अधिकारीको आवाज रहेको छ ।

श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज कृष्ण विक ‘भान्जा’को रहेको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
जीबी आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक कृष्ण र मोडल अनु आचार्य फिचर रहेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई संजय लामाले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्