राप्रपाको पक्षमा मनिषा कोइराला: चुनावी सभामा पुगेर मागिन् भोट


अभिनेत्री मनिषा कोइरालाले यसपटकको चुनावमा राप्रपालाई भोट मागेकी छिन्। नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमी बाट आएकी मनिषाले वसन्तपुरमा आयोजित एक भेलामा राप्रपालाई भोट मागेकी हुन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन्। उनले सोहि कारण आफुले राप्रपालाई भोट मागेको पनि स्पष्ट पारेकी छिन्।
राजेन्द्रले विपिको सिद्धान्तलाई पनि पछ्याएको र जनताको आवाज संसदमा सुनाउन पनि राप्रपाले जित्नुपर्ने मनिषाको तर्क रहेको थियो।

प्रतिक्रिया दिनुहोस्