A vertical shot of the black cat in the dark darkness

क्लब पुगेर केपी ओलीले सार्वजनिक गरे र्याप गीत


देशमा चुनावी माहोल छ अनि यसको चटारोमा नेताहरु। गाउगाउमा नेताहरुको उपस्थिति यतिबेला बाक्लिएको छ अनि सामाजिक संजालमा पनि चर्चा पनि। चुनावी प्रचार अभियानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फरक देखिदै आएका छन्।

उनको सामाजिक संजालको उपस्थिति र मिडियाको प्रचार शैली पनि आक्रामक बन्दै आएको छ। यहि बिचमा उनी काठमान्डौको एक क्लबमा पुगेर आफ्नु र्याप गीत सुनाएका छन्।

काठमान्डौको व्यस्त र सर्वाधिक भीड हुने क्लब एलओडिमा गएर आफू माथी बनेको र्याप गीत हजारौ युवाको भीडमा सुनेका हुन्। चतुर मानिने ओली चुनावी प्रचारका लागी जे पनि गर्न सक्छन् भन्ने यो एक उदाहरण हो।

प्रतिक्रिया दिनुहोस्