सलोनको विवाह कार्ड तयार, यस्ता छन् वैवाहिक समारोहका योजना


अभिनेता सलोन बस्नेतको विवाहको तयारी यतिबेला जोडतोडले चलिरहेको छ। मङ्सिर १२ गते उनी करिश्मा केसीसंग विवाह बन्धनमा बाधिदैछन्। एयरहोस्टेज करिश्मा र सलोन केहि बर्षबाट प्रेममा रहेका छन्। बस्नेत परिवारमा पुग्दा विवाहको तयारी र चहलपहल व्यापक थियो। निर्देशक शोभित बस्नेत र सलोन विहे, रिसेप्सन देखि विवाहका अन्य समारोहमा को-को अतिथि बोलाउने भनेर छलफलमा व्यस्त थिए।

सलोनको विवाहको तीन वटा समारोह गर्ने तयारीमा बस्नेत परिवार रहेको छ। मङ्सिर १० गते पहिलो समारोहको रुपमा संगीत , मेहेन्दी रखिएको छ। मङ्सिर १२ गते परिवार र केहि आमन्त्रित अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी रहेको छ। मङ्सिर १४ गते चलचित्र कर्मी र संचारकर्मीसंग रिसेप्सन पार्टी दिने तयारी रहेको छ।


यहि वीचमा आफन्त र अतिथिलाई निम्ता कार्ड बाड्न पनि सुरुवात भएको छ। रातो रंगमा सिम्पल अनि सुन्दर कार्ड वस्नेत परिवारले निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्