A vertical shot of the black cat in the dark darkness

संगीत र मेहेन्दीमा दंग सलोन- करिश्मा (फोटोफिचर)


अभिनेता सलोन बस्नेत एयरहोस्टेज तथा मोडल करिश्मा केसीसंग मङ्सिर १२ गते विवाह बन्धनमा बाधिदैछन्। केहि बर्षको प्रेमलाई दुवैले विवाहको नाम दिन लागेका हुन्। अभिनयका कारण राम्रो चर्चा बटुल्ने सलोन नेपाली चलचित्रमा लामो समय बाट योगदान दिदै आएका बस्नेत परिवारका सन्तान हुन् ।

निर्देशक शोभित बस्नेत र उनको परिवार सलोनको विवाहमा कुनै कमी नहोस भनेर जोडतोडले तयारी गरेका छन्। मङ्सिर १० गते करिश्माको मेहेन्दी कार्यक्रमलाई सलोन र उनको परिवारले भव्य बनाए।

दिनभर देखि बेलुकी सम्म चलेको मेहेन्दी कार्यक्रममा दुवैको उत्साह उच्च थियो। सलोन र करिश्मालाई आशिर्वाद दिन र शुभकामना बाड्न अभिएन्ता भुवन केसी, जिया केसी, पुजा शर्मा, बर्षा राउत, सन्जोग कोइराला, सलिनमान बानियाँ, आमेश भण्डारी लगायत दुवै परिवारका आफन्त र साथीभाई उपस्थित रहेका थिए।

सलोन र करिश्मा मङ्सिर १२ गते चन्द्रागिरि हिल्समा विवाह बन्धनमा बाधिदैछन्।

प्रतिक्रिया दिनुहोस्