विवाहमा सालिन बेहुला सलोन बस्नेत (फोटोफिचर)


मङ्सिर १२ गते अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसंग धुमधामले विवाह गरे। चन्द्रागिरी हिल्समा आमन्त्रित १ हजार बढी पाहुनाको बिचमा सलोनले करिश्मालाई आफ्नी बनाए।

तीनबर्ष भन्दा लामो प्रेमलाई विवाहको नाम दिएका सलोन-करिश्माको जोडी आकर्षक देखिएको थियो। सिम्पल मेकअप र ड्रेसमा देखिएका सलोन-करिश्माको जोडीको चर्चा यतिबेला समाजिक संजालमा रहेको छ। अभिनेता सलोन बस्नेत बेहुला बन्दा निकै आकर्षक देखिएका थिए।

डोली चढेर पन्चेबाजा बजाउदै सलोन करिश्मालाई लिन घरबाट चन्द्रागिरि चढेका थिए । शोभितले सलोनको बिवाह सालिन , सुन्दर बनाउन कुनै कसर बाँकि राखेनन्।

प्रतिक्रिया दिनुहोस्