सलोन- करिश्माको भव्य रिसेप्सन, सेलिब्रेटीको देखियो लर्को (फोटो / भिडियो)


अभिनेता सलोन बस्नेत र एयरहोस्टेज तथा मोडल करिश्मा केसीको विवाह समारोह निकै भव्य साथ सम्पन्न भए। पातलेवन रिसोर्टमा मेहेन्दी, चन्द्रागिरि रिसोर्टमा विवाह र हायत प्यालेसमा भव्य रिसेप्सन आयोजना गरिएको थियो। निर्देशक शोभित बस्नेतले आफ्ना एक मात्र छोरा सलोनको विवाहलाई भव्य बनाउन कुनै कसर बाँकि राखेनन्।

सलोन र करिश्माको रिसेप्सन तारे होटेलमा भव्य बनाईएको थियो । दुवैको रिसेप्सनको नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको थियो। अधिकांश सेलिब्रेटी आफ्ना जोडीसंग पुगेका थिए। अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसीसंग पुगेका थिए।

अभिनेत्री रेखा थापा आफ्ना श्रीमान बलराम शाहीलाई पहिलोपटक मिडियामा चिनाउदै सलोन दम्पतिलाई शुभकामना दिन पुगेकी थिइन्। अभिनेत्री बर्षा राउत श्रीमान सन्जोग कोईराला, निता ढुंगाना र हरिहर अधिकारि जोडी बाँधेर रिसेप्सनमा पुगेका थिए। अभिनेत्री पूजा शर्मा प्रेमी युद्ध बानियाँको साथ पुगेकी थिइन्।

दिपाश्री निरौला, दिपकराज गिरि, केदार घिमिरे र रमेश उप्रेती साथ पुगेका थिए। अभिनेता आर्यन सिग्देल श्रीमती सपनाको साथमा पुग्दा अर्का अभिएन्ता दिलिप रायमाझी पनि आफ्नी श्रीमती मन्जु राइमाझि संग पुगेका थिए।

अभिनेत्री उपासना सिंह ठकुरी, रुविना थापा र मलिका महत आकर्षक बनेर सलोन दम्पतिलाई शुभकामना दिन पुगेका थिए। सलिनमान बानियाँ, आमेश भण्डारी लगायतले सलोन दम्पतीलाई शुभकामना दिएका थिए। बरिष्ठ अभिनेता निर शाह, अनुभव रेग्मी, कविता रेग्मी, संचिता लुइँटेल, विपना बस्नेत लगायत सलोन दम्पतीलाई आशिर्वाद दिन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्