भुवन र जियाको कोर्ट म्यारिज !


चलचित्र विकास बोर्डका अध्यक्ष तथा स्टार अभिनेता भुवन केसीको करियर जति चर्चित रह्यो उनको व्यक्तिगत जीवन पनि उत्तिकै रोचक र चर्चामा रहने गर्दछ। आफ्ना चलचित्र हलमा सर्वाधिक समय चलाउन सक्ने हिम्मत भएका लभरव्याई भुवन आफ्नो समयदेखि अहिलेसम्म पनि युवतीको रोजाइमा पर्ने गर्दछन्। उनी भुवन यतिबेला जिया केसीसंग बस्दै आएका छन्।

झन्डै ८ बर्ष देखि लिभइन रिलेसन बस्दै आएको यो जोडी अमेरिका पुगेपछि विवाह र प्रेम बारे अझ खुलेको थियो। जियाका टिकटक देखि भुवनका अन्तर्वार्तासम्म सार्वजनिक भए। आफुहरु चाडै विवाह गर्ने तयारीमा रहेको भुवनले बताए। लामो प्रेमसम्बन्धलाई दुवैले केहि बर्ष अगाडी कोर्ट म्यारिज मार्फत औपचारिकता दिएको बुझिएको छ। भुवन निकट श्रोत दुवैको कोर्ट म्यारिज भएको बताउछ। तर दुवैले यो बिषयमा औपचारिक रुपमा बताएका छैनन्।

प्रतिक्रिया दिनुहोस्