सलोन र करिश्मालाई आमेशको गीत उपहार


यो साता सिनेमा नगरीमा केहि चर्चमा रहेको बिषय छ भने त्यो हो अभिनेता सलोन बस्नेतको बिवाह। मेहेन्दी, विवाह र रिसेप्सन पार्टीको चर्चा चुलिएको छ। निर्देशक शोभित बस्नेतले छोरा सलोनको विवाहमा कुनै कसर बाँकी राखेनन्। सलोनले एयरहोस्टेज करिश्मा केसीसंग विवाह गरेका हुन् ।

उनै सलोनका नजिकका साथी अभिनेता आमेश भण्डारीले सलोन-करिश्मालाई विवाहको उपहार स्वरुप एक गीत दिएका छन्। आमेशले ‘राजा-रानी’ बोलको गीतको भिडियो उपहार स्वरुप दुवैलाई रिसेप्सन पार्टीमा दिएका थिए। सोहि भिडियो युट्युवमा रिलिज भएको छ।


आमेश भण्डारीको शब्द/संगीत र स्वर रहेको गीतमा आमेशलाई गायिका सुनिता थेगिमले साथ दिएकी छिन्। सलोन र करिश्माका विवाहका विभिन्न समारोहलाई समेटेर भिडियो तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्