१० लाखमा बिक्यो सलोन-करिश्माको विवाहको भिडियो


निर्देशक शोभित बस्नेतलाई मार्केटिङ्ग गर्न सायदै कोहि नेपाली चलचित्र मेकरले भेटाउला । २६ लाखमा निर्माण गरेको चलचित्रको राइट्स २० लाखमा बच्ने शोभित नै थिए । उनै शोभितले आफ्ना छोरा अभिनेता सलोन बस्नेतको विवाह धुमधामसंग गरे । तीन दिन फरक समारोह र फरक स्थानमा सलोनका विवाहका कार्यक्रम भएका थिए ।

उनै सलोनको विवाहका बिभिन्न कार्यक्रमको भिडियोको डिजिटल राइट्स शोभितले बेचेका छन् । आफ्नो विवाहको भिडियो बेच्ने विदेशी कलाकारको ट्रेण्ड भए पनि नेपालमा भने यो सम्भवत पहिलोपटक नै हो । सलोन-करिश्माको विवाहको भिडियो ओएसआर डिजिटललाई १० लाखमा बेचिएको छ । मेहेन्दी, विवाह र पार्टीको भिडियोको साथमा दुवैले नयाँ म्युजिक भिडियो ‘राजा रानी’ ४ वटा भिडियो १० लाख बराबारको एमजीमा बिक्री भएको हो । एमजीको रकम उठेपछि सलोले ७० प्रतिशत र ओएसआरले ३० प्रतिशत पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्