प्रियंका र ऋचाको ‘चि मुसी चि’ पुषमा, मोशन पोष्टर यस्तो बन्यो


चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिल्डिङ’को मोसन पोष्टर सार्वजनिक भएको छ। पुष २२ गतेलाई रिलिज मिति तय गरेको चलचित्रमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ।

मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रलाई हरर तथा थ्रिलर जनरमा निर्माण गरिएको छ। अरुण चक्रवर्तीले चलचित्रलाई निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्