‘ग्रहण’ मा नम्रता र दिव्यदेव, विनयले छाडे


गत बर्ष भारतको सिक्किम पुगेर घोषणा गरिएको चलचित्र ‘ग्रहण’ मा कलाकार हेरफेर भएको छ। नम्रता श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा रहने गरि घोषणा गरिएको चलचित्र बाट विनय श्रेष्ठले हात झिकेका छन्। आलोक नेम्वाङ्गको चलचित्र ‘सानो संसार’ मा साथ देखिएको यो जोडी दर्शक माझ प्रिय बनेको थियो। राजिव गुरुङ्गको निर्देशनमा बन्ने चलचित्रमा विनयको ठाउमा दिव्यदेवको प्रवेश भएको छ। ‘चिसो एस्ट्रे’ बाट चर्चामा आएका दिव्यदेव को ‘हिजो आजका कुरा’ रिलिज भएको छ । अभिनयमा राम्रो चर्चा बटुलेका दिव्यदेवको ‘रुदाने’ रिलिजको तयारीमा रहेको छ।


चलचित्रको सिक्किममा र नेपालमा आधाआधा छायाकन गर्ने तयारीमामा निर्माण टिम रहेको थियो । तर चलचित्रको कथावस्तु र कलाकार नै परिवर्तन भएपछी चलचित्रको सुटिङ्ग नेपालमा नै गर्ने तयारीमा निर्माण टिम रहेको छ। चलचित्रमा नम्रता यथावत रहेकी छिन् भने सारुक ताम्राकार पनि चलचित्रमा मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा हरि हुमागाईको छायाकन र प्रविन श्रेष्ठको सम्पादन रहने छ।

प्रतिक्रिया दिनुहोस्