हरर चलचित्र ‘चि मुसी चि’ टिजर: विना संवाद कस्तो बन्यो?


प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र आयुष्मान देशराज जोशी मुख्य भूमिकामा रहेको हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’ को तिजर रिलिज गरिएको छ। निर्माण टीमले सार्वजनिक गरेको १ मिनेट २३ सेकेन्ड लामो टिजरमा संवाद प्रस्तुत गरिएको छैन। टिजरमा कलाकारको मुभमेन्ट प्रस्तुत गरिएको छ भने पार्श्व संगीतले दर्शकको मनमा कौतुहलता र डर पैदा गराउने कोसिस गरिएको छ।

प्रस्तुतकर्ता अरुण चक्रावर्तीले आफुले हरर जनराको चलचित्रको मेकिङ्ग उच्च बनाउन कुनै कसर नराखेको बताएका छन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको चलचित्रमा राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको पनि अभिनय रहेको छ।


मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रलाई रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले निर्माण गरेका हुन् । चलचित्र पौष २२ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्