A vertical shot of the black cat in the dark darkness

सुधिरले आश्मा रोजेपछि प्रिती मनमा ‘फूलको चोट’ लागेपछि


गायिका रचना रिमालको स्वरमा प्रिती कार्कीको शब्द रहेको ‘फूलको चोट’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा राजेन्द्र बजगाँइको संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । माइकलले गीतको मर्म अनुसार भिडियोलाई मर्मस्पर्शी बनाएका छन् । सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीले भिडियोमा अभिनय गरेका छन् । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

भिडियोमा आफूसँग बिहेको लागि ठिक्क परेको एक यूवकले अर्कै यूवतीसँग बिहे गरेपछि एक यूवतीले भोगेको पीडालाई माइकलले मन छुने तरिकाले प्रस्तुत गरेका छन् । भिडियोमा सुधिरको प्रिती र आश्मासँग दोहोरो प्रेम देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्