A vertical shot of the black cat in the dark darkness

म्युजिक भिडियो देखि समाजसेवामा जमेको अनु- सविनको जोडी, अर्को वर्ष विवाह !


कलाकार सविन श्रेष्ठ र अनु शाहको प्रेम जीवन खुल्ला किताव जस्तै छ। लामो समय बाट प्रेममा रहेको यो जोडी विवाहको तयारीमा समेत जुटेको छ। अर्को बर्ष सम्म विवाह गर्ने तयारीमा रहेको अनु- सविन स्वयंमले केहि अन्तर्वार्तामा बताईसकेका छन्। दुवैको जोडी युट्युव भ्लगमा सलेट लोकप्रिय रहेको छ। प्रेमजीवनमा सफल रहेको यो जोडीलाई लिएर केहि म्युजिक भिडियोसमेत बनेका छन्। दर्शकले यो जोडीलाई रुचाएको पनि छ। सरगम राईको स्वरवद्ध ‘खुसी साटौ जुनी काटौ’ गीतमा सविन र अनुले पहिलो पटक काम गरेका थिए । फेरि उनीहरुले राईकै नयाँ गीत ‘भाकी सकेँ’मा काम गरेका छन्।

यो जोडी प्रेमसंगै समाजसेवाको काममा समेत सक्रिय रहेको छ। अनु र सविनको जोडी सार्वजनिक शौचालय भएको स्थानमा महिनावारी प्याड निशुल्क उपलब्ध हुने गरि व्यवस्था गरेका छन्। सुरुवाती चरणमा सविन र अनु ले काठमाडौंका पाँच ठाउँमा निःशुल्क प्याड उपलब्ध गराएका थिए। उनीहरुले गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्ययम्भुमा महिनावारी प्याड राखेका छन् । देशैभरि आवश्यक परेरो स्थानमा यो व्यवस्था गर्ने दुवैले घोषणा समेत गरिसकेका छन्। त्यस्तै, अभिनेता सविनले मरणोप्रान्त आँखा दान गर्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्