दुर्गा र सुनिलको आवाजमा ‘तिम्रो धड्कन’


दुर्गा खरेल र सुनिल कटुवालको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो धड्कन’ सार्वजनिक भएको छ। निर्दोष जीवनको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ।

निर्मल कुमार लामाले निर्देशन गरेको गीतको भिडियोमा भिमफेदि गाइजको कोरियोग्राफी रहेको छ। भिडियोलाई पवन सुस्लिङ्गले खिच्ने र सम्पादन गर्ने काम गरेका छन्। भिडियोमा सुनिल कटुवाल र अनिशा पोख्रेल फिचर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्