A vertical shot of the black cat in the dark darkness

ढाका टोपीमा सजिएर बलिउड अभिनेता विवेक ओवराय नेपालमा


बलिउड अभिनेता विवेक ओवराय नेपाल आइपुगेका छन्। उनी बुधबार साँझ परिवार सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन्।

एक हप्ता लामो बसाइमा उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथ लगायतका अन्य ठाउँको भ्रमण गर्नेछन् भने उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ।

विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्। सन् २००२ मा ‘कम्पनी’ चलचित्रबाट विवेकले बलिउड चलचित्रमा डेव्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्