A vertical shot of the black cat in the dark darkness

बुलाकी गीत: लाकुरी भन्ज्याङ्गमा नरेनसंग सुरक्षा


जारि प्रथामा आधारित रहेको निर्माण गरिएको चलचित्र ‘बुलाकी’ ले फागुन १९ गतेलाई प्रदर्शन मिति तय गरेको छ। सुरक्षा पन्त चलचित्रको मुख्य भूमिकामा रहेकी छिन्। बिशेष गरि कर्णाली क्षेत्रमा प्रचलनमा रहेको प्रथा माथि आधारित चलचित्रमा सुरक्षाले कर्णाली क्षेत्रको महिलाको भूमिका नै निर्माण गरेकी छिन् । केहि समय अगाडी सार्वजनिक पोष्टरको लुक्सले धेरैको ध्यान खिचेको थियो।

यहि बिचमा निर्माण टिमले एक लोकलयमा आधारित गीतको छायाँकन गरेको छ। सुरक्षा पन्त र नरेन खड्का फिचर रहने गरि ‘एक चिम्टी सिन्दुरले’ बोलको गीतको सुटिङ्ग २ दिन लगाएर लाकुरी भन्ज्याङ्गमा गरिएको छ। कविराज गहतराजले गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।

लक्ष्मण सुनारद्वारा निर्देशित चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वर्गीय मोति बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो ।

टोपेन्द्र बिष्टको निर्माण र लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्