‘डिसेम्बर फल्स’ ट्रेलर: आर्यन र उपासनाको प्रेममा आउने उतारचढावको कथा


पौष १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । रोमान्स, थ्रील र एक्सन मिसिएको ट्रेलर आर्यन सिग्देल र उपासना सिंह ठकुरीको वरिपरी घुमेको छ ।

उपासनाको प्रेम जित्न आर्यनले गरेको संघर्ष र यात्रमा आउने विभिन्न मोडमा ट्रेलर घुमेको छ। नर्सको भूमिकामा उपासना देखिएकी छिन् भने उमेर अन्तरले प्रेममा पार्ने प्रभाव पनि ट्रेलरमा सम्बोधन गर्ने कोसिस गरिएको छ। प्रविन झाको निर्देशनमा तयार भएको चलचित्रमा प्रेममा आउने बाधाका विभिन्न मोड समेत प्रस्तुत गरिएको छ।

ट्रेलरमा सलोन बस्नेत, नरेश भट्टराई र शिवहरी पौडेललाई समेत प्रस्तुत गरिएको छ। चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्