‘चि मुसी चि’ ट्रेलर: तीन हिरोइनलाई भुतको डर


चलचित्र ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । हरर चलचित्रको बुधबार प्रेसमिट गरेर ट्रेलर सार्वजनिक गरिएको थियो। ऋचा शर्मा, प्रियंका कार्की र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्रलाई मण्र्य जेम्स र यश सैनीले निर्देशन गरेका छन्।

विभूति नेपाल र विज्ञ नेपालले डेव्यु गरेको चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

सत्य घटना आधारित बताइएको चलचित्र रिञ्जु केसी र अरुण चक्रवर्तीले निर्माण गरेका हुन्। चलचित्र पौष २२ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्