डिजाइनर रोविनको पहिरनमा अष्ट्रेलियामा विदेशी मोडल


सिड्नीमा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ सम्पन्न भएको छ। असाप इन्टरटेनमेन्टले सम्पन्न गरेको फेसन शोज अन्तराष्ट्रिय स्तरमा पहिलोपटक क्रुजमा आयोजना गरिएको सञ्चालक सन्तोष अधिकारीले बताए ।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्पमा हिडेका थिए । नेपाली पोशाकलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ । कोरोना महामारीपछि पहिलो पटक आफुले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीकका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निकै मन परेकाले अन्तराष्ट्रिय बजार प्रवर्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी चलचित्र निर्माता समेत हुन । सन्तोष दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ का सह निर्माता र अर्पण थापा निर्देशित चलचित्र ‘तीन जन्तु’ का निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्