A vertical shot of the black cat in the dark darkness

मिलन चाम्सको ‘गोर्खा वारियर’ टिजर, तीन भाषामा चलचित्र रिलिज हुने


मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ को टीजर रिलिज भएको छ। विर गोर्खालीको युद्धको कथालाई प्रस्तुत गरिएको चलचित्र नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण भएको छ।

विश्वमा परिचित गोर्खा सैनिकले पहिलो विश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गर्दै चाम्सले उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्ये एउटा वास्तविक कथालाई यसपटक पर्दामा उतारेको बताए ।निर्देशक चाम्सका अनुसार सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’ मा गोर्खाली सैनिकको शाहसिक युद्ध कथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे ।


निर्देशक चाम्सले यसपटक ब्रिटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका चलचित्र हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।

चलचित्रमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिको छ । यहि चलचित्र मार्फत रितेश चाम्सले अभिनयमा डेव्यु गरेका छन्। नेपाल र मलेशियामा छायाँकन भएको गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ।

प्रतिक्रिया दिनुहोस्