‘मातृत्वले कामलाइ रोक्दैन, समय व्यवस्थापन महत्वपूर्ण’ – प्रियंका कार्की


केहि बर्ष अगाडी अभिनेत्री प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रमा नम्बर १ अभिनेत्रीको रुपमा रहेकी थिइन्। चलचित्र देखि ब्राण्डसम्मको उनको सहभागिता निकै लोभलाग्दो रहेको थियो। लाखौ शुभचिन्तक कमाएकी प्रियंका अभिनेता आयुष्मानदेशाराज जोशीसंग विवाह गरिन्। विवाहपछि चर्चा र खोजीमा रहेको यो जोडी चलेको कोरना कहारपछि अन्य कलाकार जस्तै घरमै थुनिए।

तर प्रियंकाको सक्रियता भने कम भएन। उनै आफ्नो युट्युव मार्फत विभिन्न क्षेत्रका व्यक्तित्वसंग कन्टेन्ट क्रिएशनमा व्यस्त रहिन्। प्रेग्नेन्सीको समयको सदुपयोग गर्दै उनले काम निरन्तर गरिन्। छोरी आयंकालाई जन्म दिने समयमा उनको शरीरको वजन ९० केजी माथि पुगेकी थियो। आमा बनेपछि उनको तौल र कमव्याकलाई लिएर धेरैले प्रश्न गरेका थिए। तर यतिबेला प्रियंकाले पुरानै सक्रियता कायम राखेकी छिन्। उनले दुई चलचित्रको सुटिङ्ग सम्पन्न गरिसकेकी छिन्। ‘फुलबारी’ र ‘नाई न भन्नु ल ६’ को सुटिङ्ग सम्पन्न गरेकी छिन्।

उनि केहि म्युजिक भिडियोमा देखिएकी छिन् भने ‘साहु बा’ सिरिज सम्पन्न गर्ने तयारीमा रहेकी छिन्। उनि एक रियालिटी शोको जजको रुपमा समेत अनुबन्ध भैसैकेकी छिन्। उनि मुख्य भूमिकामा रहेको चलचित्र ‘चि मुसी चि’ रिलिजको तयारीमा रहेको छ। उनी चलचित्र क्षेत्रमा आफ्नो सक्रियता पुन बढाउने तयारीमा रहेकी छिन्।
कमव्याकलाई लिएर प्रियंका भन्छिन्, ‘ आमा बन्नु सवैभन्दा ठुलो सौभाग्य रहेको थियो। तर काम गर्ने आमाहरुका लागी यो थप चुनौतिपूर्ण पनि। अझ हाम्रो क्षेत्रमा झन् गार्हो। तर कामलाई तपाईको मातृत्वले छेक्न सक्दैन। यो बिषयमा थोरै मा सौभाग्यशाली पनि रहे । मेरो परिवार एकदमै सपोर्टीभ हुनुहुन्छ। ‘ उनि अगाडी थप्छिन् , ‘समय व्यवस्थापान र जिम्मेवारीलाई थोरै मिलाउन सके मातृत्वले कामलाई कहिले छेक्न सक्दैन। ‘

प्रतिक्रिया दिनुहोस्