क्यूएफएक्सको निर्णय विपरित फागुन १९ मै अनमोलको ‘छड्के २’


फागुन १९ गते दुई ठुला व्यानरका चलचित्रको लडाई हुदैछ। दिपक-दीपाको समूहको ‘छक्का पन्जा ४’ र अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ सो मितिमा प्रदर्शनको कसरतमा छन्। दुवै चलचित्र रिलिज हुँदा चलचित्रको व्यापारमा फरक पर्ने पक्का रहेको छ। मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्स चेनले केहि दिन अगाडी मात्र दुई ठुला चलचित्र एकसाथ रिलिज नगर्ने निर्णय गरेको थियो। चेनले फागुन १९ गतेलाई ‘छक्का पन्जा ४’ रिलिजको तयारी गरेको छ। धेरैले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी माथिको रिस क्यूएफएक्सले अनमोल केसी र उनको चलचित्र माथि पोखेको बुझ्दै आएका छन्।

यी सवै माहोल हेर्दा ‘छड्के २’ ले नयाँ रिलिज मिति तय गर्ने सोचिएको तिह्यो । तर निर्माण टिमले नयाँ पोष्टरमा पुरानै तोकिएको रिलिज मिति तय गरेको छ। फागुन १९ बाट पछि नहट्ने मुडमा छड्के २ टिम रहेको छ । निगम श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि अभिनय रहेको छ। सार्वजनिक पोष्टरमा अनमोलको ग्याङस्टर लुक्स आकर्षक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्