A vertical shot of the black cat in the dark darkness

भालेश्वर मन्दिरमा दिपाश्री को भरिएको सिउँदो, भिडियो बन्यो भाइरल


दिपकराज गिरि र दिपाश्री निरौलाको जोडी सिल्भर स्क्रिनमा हिट रहेको छ। रेडियो, सानो पर्दा हुदै ठुलो पर्दामा जमेको यो जोडी यतिबेला ‘छक्का पन्जा ४’ को अन्तिम सेड्युल सुटिङ्गमा व्यस्त रहेको छ। फागुन १९ गतेलाई रिलिज मिति निर्माण टिमले तय गरेको छ।

दिपक- दिपाको एक भिडियो समाजिक संजालमा यतिबेला भाइरल रहेको छ। चन्द्रागिरिको भालेश्वर मन्दिरमा पुजारीसंगको एक भिडियो सामाजिक संजालमा भाइरल बनेको हो। सार्वजनिक भिडीयोमा दिपक-दिपाको साथमा मन्दिरका पुजारी रहेका छन्। यी तीनै पुजारी हुन् जो भालेस्वर दर्शन गर्न पुगेका हरेक कलाकार र चर्चित व्यक्तिवसंग टिकटक बनाउने गर्दछन्। यहि क्रममा उनले दिपक-दिपासंग भिडियो बनाएका थिए । सार्वजनिक भएको भिडियोमा दिपाश्रीको सिउँदो भरिएको छ । दिपक भने चलचित्रको राजा पात्रको लवजमा नै बोलिरहेका छन्। यसबाट नै आंकलन लगाउन सकिन्छ चलचित्र ‘छक्का पन्जा ४’ को सुटिङ्गका लागी दिपक दिपा सहितको टीम चन्द्रागिरि पुगेको हो। उनै गुरुले अर्को एक भिडियो केदार घिमिरे माग्ने बुढासंग पनि पोष्ट गरेका छन्। दीपाको समाजिक संजालमा निर्मल शर्मा पनि देखिएका छन्। अव सवै दीपाको बिहेमा जन्ती गएका त होलान , तर चलचित्रको सुटिङ्गकाल लागि ।

प्रतिक्रिया दिनुहोस्