रिलिज भयो हरर चलचित्र ‘चि मुसी चि’


हरर जनरामा निर्माण भएको चलचित्र ‘चि मुसी चि’ आजबाट रिलिज भएको छ। ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ले सोलो रिलिज पाएको छ। सोहि कारण पनि मल्टिप्लेक्समा चलचित्रले उच्च शो पाएको छ । हरर जनरका चलचित्र अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा यो चलचित्रबाट निर्माण टिम उत्साहित रहेको छ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ ।

मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको चलचित्रमा पटकथा तथा संवाद पनि उनीहरु नै रहेको छ । चलचित्रमा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरकपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । चलचित्रको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।

प्रतिक्रिया दिनुहोस्