A vertical shot of the black cat in the dark darkness

‘छक्का पन्जा २’ पछि फेरी साथमा बर्षा र स्वस्तिमा


नायिकाद्धय स्वस्तिमा खड्का र वर्षा राउतलाई दर्शकले पुन: एकपटक चलचित्रमा साथ देख्न पाउने भएका छन्। छक्का पन्जा २ मा साथ देखिएका बर्षा र स्वस्तिमालाई कृषा चौलागाईले निर्देशन गर्ने एक चलचित्रमा साथ देखिने पक्का भएको हो। नाम तय नभएको चलचित्रको अन्तिम तयारी यतिबेला चलिरहेको छ।

माघ दोश्रोसाता बाट सुटिङ्गमा जाने तयारीमा निर्माण टिम रहेको छ। कृषाको निर्माण र निर्देशन रहने चलचित्रमा मुकुन भुषाल, सुशील सिटौला र कोशिस क्षेत्रीको पनि पनि मुख्य भूमिका रहनेछ। स्वस्तिमाले ‘चिसो मान्छे’ पछि नयाँ चलचित्र साइन गरेकी हुन्। वर्षाको पछिल्लो रिलिज ‘के घर के डेरा’ बक्स अफिसमा सफल सावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्