A vertical shot of the black cat in the dark darkness

‘अ‍ैंचो-पैंचो’ मा स्वस्तिमाको जोडी मुकुन, बर्षाको जोडी को ?


चारवटा नेपाली चलचित्रको निर्माण गरिसकेकी कृषा चौलागाई यतिबेला आफ्नो पहिलो निर्देशकीय चलचित्रको तयारीमा जुटेकी छिन्। ‘अ‍ैंचो-पैंचो’ नाम राखिएको चलचित्रको स्टारकाष्ट बलियो बनाउने जोड कृषाको रहेको छ । कृषाले बुलबुल जोडी मुकुन भुषाल र स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएकी छिन्।

अभिनेत्री बर्षा राउत अर्की मुख्य नायिकाको रुपमा चलचित्रमा रहेकी छिन्। विशाल पहारी, कोशिष क्षेत्री, सुशील सिटौला चलचित्रमा जोडिएका अन्य नाम हुन्। यसरी हेर्दा कृषाले आफ्नो स्टारकाष्ट निकै मजबुत बनाएकी छिन्। फागुन दोश्रो साताबाट फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रको वर्कसप सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ। केपी फिल्मस्को व्यानरमा तयार हुने चलचित्रलाई काभ्रेको पनौती र आसपासमा पुरुषोत्तम प्रधान र उनको टिमले खिच्नेछ। ‘छक्का पन्जा २ पछी बर्षा र स्वस्तिमा एकसाथ देखिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्