शाहरुख र दिपिकाको ‘पठान’ ट्रेलर


शाहरुख खान, दिपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा रहेको चलचित्र ‘पठान’ को ट्रेलर सार्वजनिक भएको छ। विश्वप्रतिक्षित बनिरहेको चलचित्र एक्सन र थ्रिलले भरिपूर्ण रहेको छ।

विवाद र चर्चाको शिखरमा रहेको चलचित्र मार्फत शाहरुख ५ बर्षपछि पर्दामा फर्किदैछन् । सोहि कारण पनि खानका फ्यानका लागि यो चलचित्र प्रतिक्षित रहेको छ ।

यशराज व्यानरमा निर्माण भएको चलचित्रलाई निर्माण टिमले आफ्नो व्यानरको चौथो स्पाई सिरिजको रुपमा चित्रण गरेको छ। सिद्धार्थ आनन्दको निर्देशन तयार भएको चलचित्रमा सलमान खानको केमियो भूमिका रहेको छ। आदित्य चोपडाको निर्देशनमा तयार भएको चलचित्र माघ ११ बाट विश्वभर रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्