अभिनय क्लास लिदै नीति शाह


मोडल नीति शाह चलचित्रमा अभिनयको तयारीमा रहेकी छिन्। उनले महँगो पारिश्रमिक लिएर एक चलचित्रमा डेव्यु चर्चा समेत चल्यो। तर त्यो चलचित्रको तयारी कता पुग्यो त्यो भने अत्तोपत्तो छैन। तर मिडियासंगको भेट र अन्तर्वार्तामा उनले चलचित्र अभिनय गर्ने मनस्थिति बनिसकेको बताइरहेकि छिन्। केहि बर्ष अगाडी हातमै आएका ठुला व्यानरका प्रोजेक्ट छाडेकी नीति राम्रो संगै चलचित्रमा डेव्यु गर्ने सोचमा छिन्।

नीतिले भर्खरै अभिनेत्री स्वस्तिमा खड्काले संचालन गर्ने एक शोमा पुगेर अभिनय क्लासको तयारीमा रहेको बताएकी छिन्। स्वस्तिमाले संचालन गरेको टक शोमा अथिति बनेर पुगेकी नीतिले चाडै नै अभिनय कक्षा लिने तयारी गरेको बताएकी छिन्। थिएटरमा चाडै नै क्लास लिने तयारीमा रहेको र चलचित्रमा आउने उनले उक्त शोमा बताएकी छिन्।

मिस नेपालको सहभागिता र मिस इन्टरनेशनलको बारेमा पनि उनले खुलेर कुरा गरेकी छिन्। उनले आफु पूर्ण तयारी र अपरिपक्क अवस्थामा त्यहा सहभागी भएको बताएकी छिन् । अनेक विवाद र ट्रोलको शिकार बनेकी नीतिले आफुलाई सवै बाट बाहिर निकालेर व्यक्तिगत र व्यवसायिक जीवनमा सफलता हासिल गरिरहेकी छिन्। सायद यो नै नीतिको जीवनबाट सिक्ने एउटा ठुलो कुरा हो।

प्रतिक्रिया दिनुहोस्