अनमोलको ‘छड्के २’ मा भिटेनको र्याप


फागुन १९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘छड्के २’ को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन्। बुधबार काठमाडौंको एक स्टुडियोमा भिटेनले गीत रेकर्ड गराएका छन् ।

यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले जानकारी दिएका छन्। अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्रको पोष्टरले दर्शकमाझ उत्साह पैदा गरेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा रहेका छन् । चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् भने सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्