A vertical shot of the black cat in the dark darkness

मलाइका अरोरा नेपालमा, नेपाली संस्कृती बुझ्ने चासो


बलिउड फेसन आइकन तथा अभिनेत्री मलाइका अरोरा नेपाल आएकी छिन्। एक फेसन शोमा सहभागी हुन् मलाइका बिहिबार नेपाल आएकी हुन्। नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा मलाइका सहभागी हुन् नेपाल आएकी हुन्।


बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति गएकी थिइन् । बलिउडमा बोल्ड छवि बनाएकी मलाइकाले मिडियालाई संक्षिप्त प्रतिक्रिया दिएकी थिइन्। उनले नेपाल बसाइ छोटो भए पनि यहाको फेसन, संस्कृति र चलचित्रबारे बुझ्ने प्रयास रहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्