‘भष्मे डन’ मा विपिनको जोडी स्वस्तिमा


अभिनेत्री स्वस्तिमा खड्काले नयाँ चलचित्र साइन गरेकी छिन्। ‘भष्मे डन’ को लिड हिरोइनमा स्वस्तिमा फाइनल भएकी हुन्। विपिन कार्की मुख्य भूमिकामा रहने चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गर्नेछन्।

पशुपति प्रसाद चलचित्रको चर्चित पात्र भस्मे डनलाई लिएर निर्माण हुने चलचित्रको निर्माणमा दिपेन्द्र र खगेन्द्र लामिछानेले निर्माण सहकार्य गरेका छन् । सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय रहने चलचित्रको सुटिङ्ग फागुन मध्यबाट गर्ने तयारीमा निर्माण टिम रहेको छ। चलचित्रको सम्पूर्ण सुटिङ्ग पशुपति क्षेत्रमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्