रिमाको प्रश्न , ‘ राष्ट्रिय शोकको सार्वजनिक विदा के का लागी ?’


हिजो माघ १ गते देश शोकमा पर्यो। काठमान्डौ बाट पोखराका लागी उडेको यति एयरलाइन्सको बिमान पोखरामा दुर्घटनामा पर्यो। ६८ जना यात्रु र चालक दलका ४ सहित ७२ जना सवार विमान पोखराको सेती नदीको खोचमा खस्यो । सवार सवैको निधन भएको खबर छ। माघ २ गते सोमबार सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक विदा दिएको छ। एयरलाइन्स र विमानको अनुसन्धान हुनपर्ने , पुराना विमान प्रतिस्थापित हुनुपर्ने बिषयमा जोड दिनुपर्ने समयमा सार्वजनिक विदा लाई लिएर धेरैले आपत्ती जनाएका छन्। आफ्ना सामजिक संजाल मार्फत धेरैले यसको विरोध गरेका छन्। दुर्घटना आफैमा नमिठो कुरा अनि देशवासीको निधन सवैका लागी पिडादायी। यस्तै दुर्घटना बस लगायतका सार्वजनिक यातायातको दुर्घटनामा सयौले ज्यान गुमाइरहेका हुन्छन्, हरेक बर्ष। तर राष्ट्रिय शोक र सार्वजनिक विदा कतै दिएको छैन ।


यहि विषयमा अभिनेत्री तथा होस्ट रिमा विश्वकर्माले आवाज उठाएकी छिन्। उनले एक अन्तर्वार्ताका क्रममा यो विषयमा बोलेकी हुन्। पोखरा दुर्घटनामा परेर निधन भएका व्यक्तिलाई समवेदना दिने क्रममा रिमा भावुक भएकी थिइन्। यसै क्रममा उनले सार्वजनिक विदाको विषयलाई लिएर प्रश्न गरेकी छिन्। ‘दुर्घटनामा निधन भएका खबर हामी सुनिरहेका हुन्छौ। तर हवाई दुर्घटनालाई लिएर किन राष्ट्रिय विदा? ‘, रिमाले प्रश्न गरिन् । उनि थप्छिन् , हामी बस दुर्घटना लगायतका अन्य दुर्घटनामा यो भन्दा बढी निधन भएको देख्छौ र पढ्छौ यस्तो अवस्थामा त कहिले सार्वजनिक विदा भएको छैन। तर यो दुर्घटनामा नै चै किन विदा ? ‘

प्रतिक्रिया दिनुहोस्